आर्थिक

सिटीएक्सप्रेस फाइनान्स कम्पनीको तेह्रौैं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिटीएक्सप्रेस फाइनान्स कम्पनीको तेह्रौै वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्समा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्या ग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिबर्तन संँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनीको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराए ।

संस्थालाई मुनाफाआर्जनको अवस्थामा पु¥याउन बर्तमान संचालक समिति कटिबद्ध रहेको जानकारी गराउँदै सबै पक्षवाट सद्भाव र सहयोगको अपेक्षा समेत गरे । उनले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुद वनाई अब्वल संस्थाको रुपमा अगाडि वढाउने उद्घोष पनि गरे ।

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्तापुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे वताए ।

उक्त साधारण सभावाट संस्थाले चुँक्तापँुजी रु. ८० करोड प¥ुयाउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।