मनोरञ्जन

दराई भाषाको पहिलो भिडियो बजारमा (भिडियो सहित)

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका दुई सर्जक रामकुमार दराई र क्षितिज मेन्याङ्बोको सहकार्यमा पहाडकी छौडी बोलको दराई भाषाको गीतको भिडियो सार्वजनिक भएको छ । क्षितिज मेन्याङबो लामो समय देखि नेपाली संगीत कर्ममै रहेर गायक तथा संगीतकारको पहिचान बनाएका सर्जक हुन् भने रामकुमारको यो पहिलो सार्वजनिक श्रृजना हो । यस गीतमा रामकुमारले शब्द, स्वरका साथै अभिनय पनि गरेका छन् ।

दराई भाषा र भेषभूषामा पहिलो पटक बनेको यस गीतको भिडियोमा रामकुमार दराईको साथमा शान्ती दराईको पनि प्रमुख अभिनय रहेको छ भने जीवन श्रेष्ठको छायाँकनमा सागर लामा गोलेको निर्देशन र तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस्ः–