आर्थिक

लायन सहकारीको खुद नाफा झण्डै ४७ लाख

काठमाडौँ । नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्थाको खुद नाफा रु ४६ लाख ६० हजार भएको छ । संस्थाको आज १८ आंै वार्षिक साधारणसभामा कार्यबहाक अध्यक्ष बाबुराम अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा रु ३० करोड ६४ लाख २४ हजार निक्षेप पूँजीमा रु ४६ लाख ६० हजार खुद नाफा भएको उल्लेख छ ।

संस्थाले आगामी असार मसान्तसम्म खुद नाफा रु ५७ लाख पु¥याउने लक्ष्य लिएको छ । साधारणसभामा काठमाडौँ नगरपालिकाका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सरकारी संस्थाले स्थानीयस्तरमा बेरोजगारलाई रोजगार बनाउन ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।

एक हजार ८९ जना शेयर सदस्य रहेको सहकारीले बाल बचत, निवृत कर्मचारी बचत, एकल महिला बचत जस्ता कार्यक्रम सञ्चालन गदैआएको प्रबन्धक जीवन क्षेत्रीले जानकारी गराए । संस्थाले प्रत्येक वर्ष ज्येष्ठ र अशक्तमध्ये एक जनालाई मासिक रु एक हजार आर्थिक सहयोग समेत गर्दै आएको छ । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।