बाग्मती

खानेपानी आयोजना विस्तार शुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई घरघरमा खानेपानी पु¥याउने भएको छ । खानेपानी घर-घरमा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले खानेपानी आयोजनाको विस्तार गर्नुका साथै पुराना पाइप फेर्ने, नयाँ पाइप राख्ने र नयाँ पाइप लाइन विस्तार गर्ने काम शुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले बोडेको मुहानबाट गठ्ठाघर र चपाचोमा खानेपानी पु¥याउन पाइपलाइन विस्तार गरेको छ । बोडेबाट लायकु, बोडेबाट सानोटार देहछे हँुदै लायकु तर्फ रु ३५ लाखको लागतमा छुट्टाछुट्टै दुई पाइपलाइन विस्तार शुरु गरिएको छ ।

यस्तै रु ५० लाखको बजेट अन्तर्गत आवश्यक रकम खर्चेर शङ्खघर चोकदेखि हनुमन्ते खोलासम्म ६ इञ्चको पाइप राखेर पाइप परिवर्तन गर्न शुरु गरिएको छ । दथुटोल बालकुमारीबाट हात्तीमहाङ्कालसम्म रु एक करोडको लागतमा पुरानो पाइपको ठाउँमा ८ इञ्चको नयाँ पाइप राख्ने काम शुरु गरिएको छ । उपभोक्ता समितिमार्फत रु ३० लाखको लागतमा दुईपोखरी याताटोल, शिवाटोल, गछें, दथुटोलमा ६ इञ्चको नयाँ पाइप राख्ने कार्य शुरु भएको छ । यता वडा नं ५ चोछें र भुलाखेलमा समेत नयाँ पाइप राख्ने काम शुरु भएको छ ।

खानेपानी बोर्डको रु १८ करोडको लागतमा बाहाखा बजार गुङ्गचोखामा बोडेको मुहानबाटै सिधैँ ८ इञ्चको पाइपलाइन विस्तार कार्य शुरु गरिएको छ । गठ्ठाघर, चपाचोलगायत क्षेत्रमा सिधैँ पाइपलाइन विस्तार भएको छ । यही मङ्सिर भित्रमा सबै पाइपलाइन विस्तार सम्पन्न गरेर सडक कालोपत्रसमेत गरी सकिने लक्ष्यका साथ काम भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले भने, “मध्यपुरथिमिमा ३५ वर्षदेखि ४५ वर्षअघिसम्मका पुराना पाइपलाइन सबै बदलेर नयाँ राख्दैछौ, मध्यपुरथिमिमा खानेपानीको समस्या हल गर्न नगरपालिका लागेको छ ।” बोडेको मुहानको पानी व्यवस्थित रुपमा वितरण प्रणाली मिलाउन सके मेलम्चीको आशा गर्नुनपर्ने उनको भनाइ छ ।