सुदूरपश्चिम

जीपमा दुर्घटनामा दुईजनाको ज्यान गयो

अमरगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए । दुर्घटनाको थप विवरण आउन बाँकीे छ ।