आर्थिक

टाटा मोटर्सद्धारा सिमित संस्करणको नेक्सन क्राज सार्वजनिक

काठमाण्डौ । टाटा मोर्टसको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेटले नयाँ गाडी नेक्सन क्राजको बजारमा विक्रि वितरण आरम्भ गरेको छ । “नेक्सनले आज नेपाली बजारमा सर्वाधिक विक्रीहुने COMPACT SUV को रुपमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भइसकेको छ । यसै परिप्रेक्षमा हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ ।” टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तराष्ट्रिय व्यापारका प्रमुख सुजन रोय बताउछन् ।

मल्टिड्राइभ मोडको विशेषता युक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइन्छ । यसैगरी २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स ले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।

चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एस्. यू. भि. मोडेलमा पाइन्छ ।

कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० CC इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मङ्सिर १ गते बाट नेक्सन क्राज, क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट मा डिजेलका लागि रु .४३,८५,०००/— र पेट्रोलका लागि रु ३९,९५,०००/— को सुरुवाती मुल्यमा उपलब्ध हुनेछन ।

मनमोहक बनावट एवं उत्कृष्ट कार्य क्षमताले गर्दा यस नयाँ गाडीले नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।