साहित्य

‘विनाबर्दीको प्रहरी’ बजारमा

काठमाडौँ । ‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम आज यहाँ विमोचन गरिएको छ । रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ विमोचन गरे । एल्बममा पाँच गीत छन् । एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको सङ्गीत तथा विजय मानन्धरलगायत गायकको स्वर छ ।

नेपाल प्रहरीले आज यहाँ आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले गीतसङ्गीतमा सम्पूर्ण राष्ट्रलाई एकीकृत गर्ने बलियो शक्ति हुने बताउँदै गीतमा जनताको भावना केन्द्रित हुनुपर्छ भने ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरी सङ्गठन देश र नागरिकप्रति समर्पित भई इमान्दारीका साथ कार्यरत रहने प्रतिबद्धता व्यक्त गरे ।