आर्थिक

आइएमईको ‘दशैंमा बिस लाख’ योजनाको पहिलो विजेता को बन्यो ?

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमामनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमाआधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद रू. एक लाख पाएका छन् ।

आइएमई केन्द्रीय कार्यालय पानी पोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमनपोखरेल ,प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराजप ौडेललेको उपस्थिती रहेको थियो ।