मनोरञ्जन

रामजी खाणलाई करिश्माको रुप ‘बत्ति बाले झैँ’ लाग्यो रे ! (हेर्नुहोस् भिडियो)

काठमाडौँ । नेपाली लोक गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोक दोहोरी गीत “बत्ती बाले झै” सार्बजनिक भएको छ । घनश्याम रीजालको शब्द तथा रामजी खाणको लयमा रहेको गीतमा गायक खाण र नीरू श्रीषको नै सुमधुर आवाज रहेको छ ।

अहिलेका ब्यस्त निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई करन चैंसिरको छायांकन तथा प्रबीन भट्टले सम्पादन गरेका छन् । गायक तथा मोडल राम्जी खाण, करिश्मा ढकाल, सरिश्मा मगर र रितु तामाङलाई यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्य सहितको अभिनयमा देख्न सकिन्छ ।

ग्यालेक्सी म्यूजिक प्रा।लि ले बजार ब्याबस्थापन गरेको गीतको म्युजिक भिडियोलाई ग्यालेक्सी म्यूजिक नेपालको आफिसियल युट्यूब च्यानाला मार्फत सार्बजनिक गरिएको छ ।

फुलले तिम्लाई के भन्छ,
म भन्दा राम्री छे भन्छ

मान्छे राम्री छेउ बत्ती बाले झै,
बोली झनै मिठो चीनी हाले झै ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

हेर्नुहोस् गीतको भिडियोः-