समाचार

निर्मला हत्या प्रकरणः यी ४ जनाको डिएनए रिपोर्ट यस्तो आयो, सरकार र प्रहरीले अब के गर्ला ?

काठमाडौँ । उल्टाखामकी १३ बर्षिय बालिका निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डिएनए रिपोर्ट सार्वजनिक गरिएको छ । डिएनए रिपोर्टका अनुसार उनीहरुको डिएनए पनि नमिलेको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा निर्मलाको भजाईनल स्वाबसँग गरिएको डिएनए रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शंकास्पाद चारै जना स्थानिय रहेको पनि प्रहरीले जनाएको छ । सरकारी वकिलको रोहबरमा खोलिएको डिएनए चार जनामध्ये कसैको डिएनएसँग मेल नखाएको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले जानकारी दिए ।

यता न्याय माग्दै धर्नामा बसेका निर्मलाका आमाबाबु बिरामी परेका छन् । घटना भएको झण्डै तिन महिना बितिसक्दा समेत बलात्कारी र हत्यारा पत्ता लागेको छैन् । सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज बिष्ट लगायत प्रहरी अधिकारी बर्खास्त गरिसकेको छ ।

बर्खास्त गरिएका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट, छोरा किरण बिष्ट, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिए तापनि कसैले डिएनए मेल खाएन् । निर्मला पन्तको निर्मम हत्या भएको लामो समय भईसक्दा समेत अपराधी कानुनी कठघरामा नआउदा सरकार र प्रहरी प्रशासनको चौतर्फी आलोचना भईरहेको छ । सरकार र प्रहरी प्रशासनले यो घटनामा अब आफूलाई कसरी अगाडी बढाउछ, त्यो भने हेर्न बाँकी रहेको छ ।