समाचार

‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ को मिति तोकियो

काठमाडौँ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ आगामी मङ्सिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सो भेला मङ्सिर २८ गतेसम्म सञ्चालन हुनेछ ।

भेलामा शान्ति, लोकतन्त्र र मानव अधिकारको विषयमा सघन संवाद हुने भेलाका संयोजक नरेन खतिवडाले जानकारी दिनुभयो । विगतका वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिएपनि यस वर्ष भने देशैभरि प्रदेशस्तरमा भव्यरुपमा भेला गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा मानव अधिकारसँग सम्बन्धित करीब २५० सङ्घसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गरेको छ ।

सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन शुरु गरिएको हो । सोही दिवसका सन्दर्भमा नेपालमा विसं २०६६ बाट राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ ।