लुम्बिनी

बम राखेको अभियोगमा यी व्यक्ती समातिए

राँझा । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गर्नुभयो ।

पक्राउ परेका व्यक्ति ‘हामी नेपाली हाम्रो नेपाल’ नामको सङ्गठनका अध्यक्ष भएको जानकारीमा आएको छ । बम राखिएको पुष्पलालचोक नजिकै प्रहरीले शुक्रबार ‘हामी नेपाली हाम्रो नेपाल’ सङ्गठनको पर्चा फेला पारेको थियो ।

नेपालगञ्जको व्यस्त बजार पुष्पलालचोकमा भेटिएको बम करीब सात घण्टापछि नेपाली सेनाको भैरवप्रसाद गण राँझाबाट आएको टोलीले निष्क्रिय पारेको हो ।