खेलकुद

गोल्ड कप प्रतियोगीताको उपाधि च्यासल युथ क्लबलाई

कावासोती । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो ।

खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । एक्काइसौँँ मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघि आफ्नो पक्षमा पा¥यो मध्यान्तर पछि च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई बे्रकरमा पुगेको थियो ।

टाई बे्रकरमा च्यासल युथ क्लबले ५/३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । विजेता च्यासलले रु ४ लाख ९९ हजार ५५५ सहित शिल्ड र पदक प्राप्त ग¥यो भने उपविजेता नेपाल पुलिसले रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज च्यासलका गोल रक्षक दिनेश थापा मगर भएका छन् । खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्पे्ररणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगित सञ्चालन गर्दै आइरहेको छ ।