खेलकुद

आठौं पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु, बिकास र बिष्णुको बिजयी सुरुवात

काठमाण्डौ । पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेका छन् ।

बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सूर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङ्गलाई २१–१८, २१–११ ले पाखा लगाए । पहिलो चरणको जित निकाल्ने क्रममा पुलिसका निर विक्रम देवकोटाले बाँकेका ईरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनल जेष्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका बिजित थापाले जेष्टका अर्जून तामाङ्गलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नविन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२, एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बुलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडी पार्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१७ पुरुष एकल तर्फको खेलमा दाङ्गका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । सुरजले पाल्पाका सुमित कुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे । यस्तै दाङ्गका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । जित निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९, बाराका अनिश खतिवडाले कंचनपुरका संजीव भण्डारीलाई २१–१३, २१–१७, कंचनपुरका बिवेक चौधरीले मोरङ्गका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङ्गलाई २१–११, २१–७, नेपालगंजका सजल थापाले दाङ्गका सफिक ईद्रिसलाई २५–२३, २२–२०, चितवनका मनिष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कंचनपुरका हिमाल चन्दले ईटहरीका सुदर्शन गुरुङ्गलाई २१–१९, २४–२२ तथा ते¥हथुमका क्षितीज के.सी.ले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

महिला एकल तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृती राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

यस्तै पहिलो चरणमा जित निकाल्दै दोश्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङ्गको जोडी रहेका छन् । यसै गरि जेष्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाको जोडी तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीेले पनि दोश्रो चरणमा स्थान बनाए ।

मंसिर १ गते सम्म संचालन हुने प्रतियोगिताको एक कार्यक्रमविच संघीय प्रतिनिधी सभा साँसद जीवन राम श्रेष्ठ तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु – १७ पुरुष/ महिला तथा भेट्रान्स ४५ बर्ष माथीको प्रतिस्पर्धा हुने छ । पुरुष र महिला एकल तर्फ तीन शिर्ष स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यु–१७ तर्फका शिर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्स तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ट्रफी, मेडल, प्रमाण पत्रका साथै खेला सामाग्री प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्स तर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।