पु.समाचार

छठको लागी फेरियो कमलपोखरीको रुप

काठमाडौँ । छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडौामा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले दैनिक सयौँ व्यक्ति घुमघामका लागि आउने गरेको स्थानीयवासी बताउँछन् ।
काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले कमलपोखरीको सरसफाइ, मर्मत, संरक्षण र प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सहयोग गर्दै आएका छन्। सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।

विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा कमलपोखराीमा आठ वर्ष अगाडि थालिएको हो । यहाँ अन्य ठाउँमा भन्दा भव्य पूजा र जनसहभागिता हुने गरेको छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।