समाचार

निर्मला पन्तको बलात्कारी हत्यारा सार्बजनिक गर्न नसके काँग्रेसले ओली सरकार ढाल्छ

गणेश कञ्चन थापा/काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्या भएको झण्डै करिब ४ महिना बित्दापनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
उक्त घटनाको अनुसन्धान गर्न भनेर अहिले सम्म ओली सरकारले आघा दर्जन जति अनुसन्धान टोली बनाईए पनि हत्यारालाई पक्राउ गरि सार्वजनिक गर्न सकिरहेको छैन । अहिले सम्म पनि हत्यारा पक्राउ नपर्नु सरकारको लाचारी पन प्रष्ट देखिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण राष्ट्रिय मुद्धा बनिसक्दा पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न नसक्न’ हास्यास्पदमात्र नभएर गैरजिममेवारीको पराकाष्टा हो ।
चारमहिनाअघि घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयो ? त्यो बारेमा अहिले सम्म सरकार र प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको भन्दै आएको छ, तर निष्कर्षमा अपराधी पत्ता लागेको छैन ।
यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दीलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि प्रहरी अनुसन्धानमा नागरिक र स्वयं निर्मलाका परिवार पनि विश्वस्त हुन सकेनन् । विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारी अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

प्रहरी अनुसन्धानका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पनि प्रहरीले पक्राउ गरेर छाडेको छ । पछिल्लो अनुसन्धानबारे प्रहरीले केही बताउन चाहेको छैन । अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पठाएको थियो । तर त्यो अनुसन्धान टोलीले के काम ग¥यो कता हरायो अहिले सम्म कुनै पनि जानकारी नै छैन ।
निर्मलाको हत्यारा को हो ? अझै अन्योल छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ । तर जस्तास’कै समिति बनाएपनि उसमितिले प्रहरी अधिकारीलाईनिलम्बन गर्नेबाहेक कुनैपनि निष्कर्ष निकाल्न सकेको छैन ।

सरकारको यो लाचारी पन र प्रबृतिले गर्दा आज निर्मला बलात्कार र हत्याको बिषयले देशभर तरङ्ग उत्पन्न गर्दा समेत शक्ति र सत्ताको प्रयोग गरी प्रमाणसमेत नष्ट गरेर अपराध लुकाउने काम भइरहेको सावित भएको छ । निर्मलाको न्यायका लागि भन्दै देशैभर बिरोध तथा प्रर्दशन गर्दै सरकार र प्रहरी प्रशासनको कडा आलोचना भइरहेको छ । तर सरकार भने मुख दर्शकको जस्तै बनेर बसिरहेको छ ।
एउटी १३ वषीया बालिकामाथिको पाशविक यौन लुट र त्यसपछिको हत्याकाण्ड विरुद्ध न्याय प्राप्तिका लागि चौतर्फि दवाब सृजना गरिए पनि अपराधी पत्ता नलाग्नुले थप रहस्य उत्पन्न भैरहेको छ । शक्तिको फेरो समात्दै बलात्कारी खुलेआम घुमिरहेका छन् ।

हत्यारालाई कारबाहि गर्नको कुनै समय पर्खिनु पर्दैन यदि सरकारले चाहेको खण्डमा एक घण्टामै पक्राउ गर्न सक्छ । सरका संगै बसै खालका प्रमाण र जानकारी छ तर सरकारले किन पक्राउ गर्न सकिरहेको छैन त्यो आम नागरीकलाई चासोको विषय बनिरहेको छ । देशमा दुईतिहाई मतको शत्तिशालि कम्युनिष्ट सरकार छ तर एउटी बलात्कार गरि हत्या गरिएकी बालिकाको आत्मालाई न्याय दिन सकिरहेको छैन ।
निर्मलाको हत्यापछि पनि दैनिक रुपमा बलत्कारका घटना बाहिर आएकाले बलत्कारको श्रृंखलाको कारण अत्यास लाग्ने अवस्था सृजना भएको छ । पछिल्लो समयमा गठन गरिएको उच्च प्रहरी अधिकारी धिरु बस्नेतको छानबिन कमिटले समेत पन्तको हत्यारालाई सार्बजनिक गर्न नसक्नु उक्र घटना शंकाको घेरामा गएको छ ।

निर्मला पन्तका बलात्कारी हत्यारालाई सरकारले तत्काल सार्वजनिक गर्न आवश्यक छ । यदि अझै पनि सरकारले लाचारी पन देखाएर हत्यारालाई सार्वजनिक नगरेको खण्डमा आगामी दिनमा सरकारका बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा आन्दोन चिर्किने सम्भाबना बलिायो छ र त्यसको सबै जिम्मेवार ओली सरकारले लिनुपर्छ, ओलीको जागीर निर्मला काण्डले नै जाने सम्भाबना छ, उनको जागीरमात्र भन्दा पनि संबिधान लागू गर्न र स्थायीत्वका लागी शुरु भएको सरकार जाँदा देशमा पुनः राजनीतिक अस्थिरता हुने सम्भाबना देखिदै गएको छ । त्यसैले सरकारले बलात्कारी हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नु नै सरकारका लागी सबै भन्दा राम्रो विकल्प हुन्छ ।