खेलकुद

लियोनल मेस्सीले जिते थप दुई अवार्ड

काठमाण्डौ । बार्सिलोनाका स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् । स्पेनमा सोमबार भएको एक कार्यक्रमकाबीच मेस्सीले स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्ने दुई अवार्ड जितेका हुन् ।

अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले ला लिगामा सन् २०१७–१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यस्तै मेस्सीले ला लिगामा सर्वाधिक गोल गर्दै पिचिची अवार्ड पनि जितेका हुन् । मेस्सीले पछिल्लो १० बर्षमा पाँचौ पटक पिचिची अवार्ड हात पारेका हुन् । गत सिजन मेस्सीले ३४ गोल गरेका थिए । यस्तै १२ गोलका लागि पास उपलब्ध गराएका थिए ।