आर्थिक

सानिमा बैंकद्वारा “3 in 1 Account” सेवा

काठमाण्डौ । सानिमा बैंकले नेपालमै पहिलो पटक “3 in 1 Account” सेवाको सुरुवात गरेको छ । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट यलष्लिभ मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्नेछन् साथै, शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनुपर्ने छैन ।

यो सेवा सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा प्रदान गर्नेछ । यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको छ । सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।