काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्याथी संघ (नेविसंघ)ले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलन घोषणा गरेको छ ।
प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले गैर कानुनी रुपमा पक्राउ गरि हिरासतमा राखेको भन्दै नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।
१६ वर्षीया नवालक उमेरका ढकाललाई विना कसुर थुनुवा पुर्जी गैर कानुनी प्रहरी हिरासतबाट १२ घण्टा सम्म रिहाई नगरेको भन्दै नेविसंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको विज्ञप्तिमा जनाएको छ ।
प्रहरीले ढकाललाई गैर कानुनी तवरले हिरासतमा राखेको भन्दै नेविसंघले गम्भिर ध्यनाकर्षण भएको समेत बताएको छ । सरकार सर्वसत्तावादी सोचका साथ अघि बढीरहेको पनि नेविसंघको आरोप छ ।
ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ गते काभ्रे जिल्ला प्रसाशन कार्यालय घेराउ गर्नेे, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम नेविसंघ अध्यक्ष नैनसिह महरद्वार जारी विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
विज्ञप्ति :