प्रदेश 2

प्रधानमन्त्री ओलीले नसोचेको सडक आन्दोलनबाट संबिधान संसोधन गराउछौं : राजपा

काठमाण्डौ । राजपा नेपाल बाराले छठ लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नसोचेको तरीकाले आन्दोलन गरी संबिधान संसोधन गर्न बाध्य पार्ने चेतावनी दिएका छन् । मधेश आन्दोलनको म्याण्डेट नै सकिन लागेको देखिन थालेको तर्फ राजपा नेतृत्वलाई सचेत गराउदै मधेश आन्दोलनका हस्तिहरुमध्ये कोही सरकारमा जाने त कोही बाहीरबाट समर्थन गर्ने कार्य रहेको भन्दै उक्त कार्य गलत भएको राजपा बाह्राले निष्कर्ष निकालेको छ ।
नेकपा नेतृत्वको ओली सरकारले बलात्कारीलाई संरक्षण गर्नु, भ्रष्टाचारलाई बढावा दिनु, गम्भीर प्रकृतिका अपराधीलाई आममाफी दिनु, समयमा काम नगर्ने ठेकेदारलाई संरक्षकतव ग्रहण गर्नु लगायतका गलत कार्यहरु गरेको आरोप लगाउदै देश तथा मधेशका जनताले नियाली रहेको राजपाको बुझाई छ ।

राजपा बाह्राले सुर्यखबरलाई पठाएको बिज्ञप्ती:
“लामो समय देखि यस नेपाल देशमा आधी अवाधीको हिस्सा ओगेटी बसेका मधेशी, थारुहरु लगायतका नागरिकहरुले आफ्नै देशका शासकबाट शोषीत हुदै आईरहेको व्यहोरा सर्वविदितै छ ।
०७५ कार्तिक २१ गते को केही इलष्लिभ मिडियामा राजपा नेपाल र फोरम जस्तो मधेश आन्दोलन हाक्ने दलहरु आज त्यही मधेश विरोधी एमाले पार्टीसंग कोही संघीय सरकारमा रहेर त कोही संघीय सरकारलाई समर्थन गरेर रमाई रहेका र मधेशको मुद्धा हराउँदै गइरहेको समाचार आएको प्रति यस राजपा नेपाल, बाराको गम्भीर ध्यानकर्षण भएको छ । तसर्थ मधेशी, थारु लगायतका जनताहरुमा भ्रम न होस् यस पार्टीले चुनावमा सहभागी हुँदाको बखत त्यसलाई चुनौती स्वीकार गरी सहभागी भएको र हाम्रो आन्दोलन जारी नै रहेको छ भनाई लाई स्मरण गराउन चाहन्छौ । वर्तमानको राजनीती संदर्भमा प्रधानमन्त्री के.पी. ओलीसँग दुई तिहाईको बहुमत छ । यो सरकारले नेपालको संविधान २०७२ संशोधन गर्न सक्छ र हाम्रो मागहरु सम्बोधन हुन्छ भनेर प्रधानमंन्त्रीसँग संविधान संशोधन सांसद रेशम चौधरीको सपथ ग्रहण तथा आन्दोलनबाट आएका मांगहरु लगायतका विषयहरुमा सहमती, सम्झौता गरी सरकारलाई समर्थन गरेको हो, न की रमाउन लाई । प्रदेश नं. २ को सरकारको सवालमा राजपा नेपाललाई स्पष्ट रुपमा मधेशी जनताले मतदान गरी सरकार बनाउने म्यान्डेड दिएको हुँदा मधेशी जनताको भावनालाई कदर गर्दै संघीय समाजवादी फोरम नेपालसंगको सहकार्यमा प्रदेश सरकारको निर्माण भएको हो । यो एमाले र काँग्रेसको दया माया को सरकार होइन । स्पष्ट रुपमा मधेशी जनताको सरकार हो र यस प्रदेश नं. २ बासीको हीतको लागि सदैव तत्पर रहने र बाधा आएमा त्यसलाई चिर्दै अगाडी बढ्ने राजपा नेपालको स्पष्ट धारणा रहेको छ ।

अब जे हुन्छ नगद हुन्छ, उधारो केही हुदैन यस देशको ७ वटा प्रदेश मध्ये २ नं. प्रदेश बाहेक ६ वटै प्रदेश र केन्द्रमा दुई तिहाई बहुमतको एमालेको नेतृत्वमा रहेको सरकारले बलात्कारीको संरक्षण, गम्भीर प्रकारका अपराधीको आम माफी, समयमा काम नगर्ने ठेकेदार हरुको संरक्षण जस्ता कामहरु गर्न मात्र व्यस्त छ । यसलाई देश र मधेशका आम नेपाली जनताहरु राम्ररी नियाली रहेका छन् र राजपा नेपालले दिएको समर्थन फिर्ता लिन अन्तीम त्यारीमा रहेको छ र यस्ता भ्रष्टवादी हरुको जमातको सरकारसँग मधेशी, थारु लगायतका जनताहरुको माग पुरा न हुने कुरा स्पष्ट भैसकेको हुँदा हिन्दुहरुको महान पर्व छठ पश्चात् राजपा नेपालले के.पी. ओलीले नसोचेको किसीमको सडक संघर्षको माध्यमबाट माग सम्बोधन तथा संविधान संशोधन गराउन साशकलाई बाध्य पार्ने गर्री तयारीमा रहेको व्योहरा जानकारी गराउन चाहन्छौँ ।”

अरुण कुमार सिंह
प्रवक्ता
राजपा नेपाल, बारा