खेलकुद

श्रीलंकासँगको पहिलो टेष्ट इंग्ल्याण्डले जित्यो

काठमाडौँ । श्रीलंकासँगको पहिलो टेष्ट इंल्याण्डले जितेको छ ।

४ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका २ सय ५० रनमै अलआउट भएपछि चौथो दिनमै इंल्याण्ड विजयी भएको हो । श्रीलंका एन्जेलो म्याथुजले ५३ र कुशल मेन्डिसले ४५ रन बनाएपनि जितका लागि पर्याप्त भएन । श्रीलंकालाई २ सय ५० रनमा अलआउट गर्न इंल्याण्डका मोइन अलीले ४ र जिन लिचले ३ विकेट लिए ।

यस्तै दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसिय क्रिकेट अष्ट्रेलियाले ७ रनले जितेको छ । २ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन मात्रै बनाएपछि अष्ट्रेलिया विजयी भएको हो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ५१ र  फाप डु प्लेसिसले ४७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३१ रन बनाएको थियो ।

उसका लागि क्रिस लायनले ४४ र एलेक्स केइरीले ४७ रन बनाए ।