राजनीति

राजनीतिक सहमतिका आधारमा पार्टी एकता, बिधान अनुसार होईन– गच्छदार

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको हो भने ।

दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली काँग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत हो भने ।

उनले नेपाली काँग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गरे ।

उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताए ।

उनले सत्ता सञ्चालन राजीखुशीभन्दा पनि विधानअनुसार चल्नुपर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिनेतर्फ सरकार चनाखो हुनुपर्छ भने