राजनीति

राष्ट्र निर्माणका लागी काँग्रेस र कम्युनिष्टको एकता जरुरी छ – नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताएका छन् । बिकासका लागी काँग्रेस र कम्युनिष्ट मिल्नुपर्छ भन्ने उनको आशय थियो ।

उनको निवासमा आयोजना गरेको एक देउसी भैलो कार्यक्रममा नेता खनालले जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनिकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताए ।

मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उनले भने, नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन ।’

नेता खनालले पार्टीको एकीकरणमा ढिदाई भएको स्वीकार्दै त्यस विषयमा निर्णय लिन सचिवालय बैठक अब चाँडो बस्ने बताए ।