राजनीति

मोहन बैद्यद्वारा नेपाल सम्बतको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवत्को नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताए । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिएका छन् ।

शुभकामना सन्देशमा उनले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दशैं र तिहारमा शुभकामना नदिएका बैद्यले नेपाल सम्बतमा शुभकामना दिनु राजनीतिक रुपमा अर्थपूर्ण मानिन्छ ।