प्रदेश 1

देउसीबाट खाम्तेलको उत्थानका लागी झण्डै २ लाख संकलन

काठमाण्डौ । खाम्तेल विकास मञ्चले बुधबार काठमाण्डौमा देउसी खेलेको छ । खोटाङ्गको खाम्तेलबाट काठमाण्डौ आई बसोबास गर्नुहुने ब्यक्तीत्वहरुाई निमन्त्रणा गरी काठमाण्डौको नयाँ बानेश्वरको एक स्कुलमा खेलिएको देउसी कार्यक्रमबाट एक लाख ५० हजार भन्दा बढी रकम संकलन भएको छ ।

झण्डै एक महिना अगाडीमात्र सम्पन्न भएको मञ्चको तेस्रो साधारण सभाबाट अधयक्षमा निर्बाचित भएका डा. भागवत आचार्यको अगुवाईमा खेलिएको देउशीबाट उक्त रकम संकलन भएको हो । राष्ट्र बैंकका उप निर्देशक डा. आचार्यले आफ्नो जन्मस्थानका बासिन्दालाई शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने हेतुले उक्त देउसी खेलिएको बताए ।

मंगलबार खेलिएको देउसी कार्यक्रममा उक्त स्थानबाट काठमाण्डौ आई बसोबास गर्ने बिद्यार्थी, समाजसेवी, वयावशायी तथा गन्यमान्य ब्यक्तीहरुको बाक्लो उपस्थिति थियो ।

सहयोगीहरुको नाम समेत सार्बजनिक गरेको छ ।