आर्थिक

भाटभटेनी सुपर मार्केटमा अखाद्य पदार्थ फेला परेपछि लाग्यो बिक्रीमा रोक

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।