राजनीति

अब काँग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्छ : बालकृष्ण खाँड

जनकपुरधाम । नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा कांग्रसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा काँग्रसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।

उनले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको छ भने ।