समाचार

एमालेले जितेको नगरपालिकाका अधिकृतविरुद्ध आख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

टोखा नगरपालीकाको मेयर उपमेयर दुबैमा गत स्थानीय निर्बाचनमा तत्कालीन नेकपा एमालेले विजय हाँसिल गरेको थियो ।