खेलकुद

चितवनलाई हराउँदै घरेलु टोली पोखराले जित्यो पीपीएल उपाधि

 पोखरा । भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य घरेलु टोली पोखराले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई च्याम्पियन बनाउन रवि इन्दर सिंहले ९० रनको उत्कृष्ट इनिङ्स खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषावकरले २२ रन रन जोडे । आसिफ शेख १२ तथा ओपनर कुशल भुर्तेल ४ रनमा पेभेलियन फर्किए ।

पहिलो ओभरको दोस्रो बलमै कुशल भुर्तेल आउट भएपछि रवि इन्दर र आसिफले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर गराएका थिए । दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रनमा आउट हुदा टिमले ६५ रन जोडेको थियो । मोहम्मद नविद आक्रामक २५ रनमा आउट भए । उनले १४ बलमा १ चौका र ३ छक्का प्रहार गरे । चितवनका भुवन कार्कीले २ तथा सन्नी पटेल र करण केसीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो । पोखराका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बलमा पारसले ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । चितवनको दोस्रो विकेट पतन हुदा ८५–२ को अवस्था रहेको थियो ।

त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गर । ओपनर अनिल कुमार साहले ३७ रनमा आउट भए । ३८ बलमा अनिलले ३ चौका र १ छक्का प्रहार गरे । आक्रमक इनिङ्स खेलेका सन्नीले ४३ रनको योगदान दिए । सन्नीले २१ बलमा ४ छक्का र ३ चौका हिर्काए । आरिफ शेख १४ नटआउट रहे । करण केसी शुन्यमा आउट भए । सन्नीले १५ ओभर २ बलमा जीवनदान पाएका थिए । विक्रम भुषालको बलमा सन्नी १९ रन जोडेको अवस्थामा रोहित कुमार पौडेलले क्याच ड्रप गरेका थिए ।  पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख रुपैया प्राप्त ग¥यो । विजयी टिम तथा खेलाडीलाई पूर्व प्रधाननमन्त्री तथा ने क पा का अध्यक्षक पुष्प कमल दाहाल ‘प्रचण्ड’, क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामालगायतले पुरस्कृत गरे ।

९ कार्तिकबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । अन्य फ्रेन्चाइजमा भन्दा यसपटक केही फरक गरिएको थियो । लिगको शीर्षस्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउदा दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको लागि इलिमेटर खेल खेलेका थिए । प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।