लुम्बिनी

बर्दियामा राष्ट्रिय दलित संग्राहलयको उद्घाटन, राष्ट्रिय एजेन्डा बनाए अघि बढने सांसद विकको प्रतिबद्धता

बर्दिया । नेपालकै पहिलो राष्ट्रिय दलित संग्राहलय तथा अध्ययन केन्द्रको निर्माणाधिन भवनको सोमवार उद्घाटन गरिएको छ ।

बर्दियाको ठाकुबाबा नगरपालिका ६ मा निर्माण गरिएको उक्त संग्रगहलयको उद्घाटन गदै संघिय सांसद् बिमला विकले यस संग्राहलय तथा अध्ययन केन्द्रको विकासका लागी स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संग आफु आर्थिक सहयोग र राष्ट्रिय एजेन्डा बनाए अघि बढने बताइन् ।
सांसद विकले संग्राहलयको आफु संरक्षक बनि यसको संरक्षण एवम सम्र्बद्धन गर्न पहल कदमि गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्य जाति समुदाय र क्षेत्र विशेषका संग्राहलय भएको हाम्रो देशमा यो बिल्कुल नयाँ र नेपालकै पहिलो संग्राहलय भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको भन्दै सांसद विकले अब यसको संरक्षण, सम्र्वद्धन एवम विकासका लागि सबै आ–आफ्नो ठाउँबाट एक जुट भएर लाग्नु पर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद् कुलप्रसाद पोखरेलले नेपालकै पहिलो दलित कला संस्कृतिको संरक्षणका लागि स्थापित यो संग्राहलय भएको भन्दै अब यसको विकासमा सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

संग्राहलय निर्माण गरेर मात्रै नहुने बताउदै प्रदेश सांसद् पोखरेलले यसलाई अब कसरी अगाडि बढाउने र यसको संरक्षण कसरी गर्न सकिन्छ त्यता तिर सबैले ध्यान दिन आवश्यक रहेको बताए ।

सांसद पोखरेलले यस संग्राहलयको विकासका लागि आफ्नो क्षेत्रबाट सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा संग्राहलयको औचित्य माथि मदन थापाले आफ्नो भनाई राखेका थिए ।