प्रदेश 2

‘मधेसको भ्रमण नगरी नेपाल भ्रमण पुरा हुदैन’

जनकपुरधाम । ‘मधेसको भ्रमण नगरी नेपाल भ्रमण पुरा हुदैन’ भन्ने मुल नाराका साथ भिजिट मधेस नेपालको तीन दिने राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ।

कार्तिक १६ गते शुरु सम्मेलन तिन बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ। सम्मेलनले तराई मधेसमा पर्यटन प्रवद्र्धनको लागि नयाँ उमँगका साथ उत्साह पुर्ण वातावरण तयार गर्न महाअभियान संचालन गर्ने, पर्यटकिय स्थलहरु÷ऐतिहासिक पुरातात्विक धरोहरहरु, तराई मधेसका मौलिक संस्कृति, भाषा एवं तराई मधेसका हरेक किसिमका पर्यटकीय सम्भाववनाहरुलाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने घोषणापत्रमा उल्लेख छ।

डिजिटल प्रविधीबाट (वेव साईट र मोवाइल एप्सहरु) उजागर गर्ने, महाअभियानमा ग्लोबल मधेसीहरु, तिनै तहका सरकारहरु लगायत सम्बन्धित एवं ईच्छुक सवैपक्षसंग सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ।

सम्मेलनको सत्रहरुमा अभियानका ग्लोबल संयोजक राज सर्राफले अभियानको सन्र्दभमा विश्वव्यापी रुपमा जारी विभिन्न गतिविधिको बारेमा भिडियो कन्फ्रेन्सको माध्यमले सहभागी प्रतिनिधिहरुलाई अवगत गराएका थिए। अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अभियानको उद्देश्य, योजना र नितिको बारेमा प्रशिक्षण दिएका थिए। सर्राफले मधेसका पर्यटन क्षेत्रहरु ओझेलमा परेको भन्दै त्यसलाई विश्वसामु ल्याउन आफनो अभियान लागि पर्ने बताए।

पर्यटन क्षेत्रले आर्थिक, समाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदान दिने र तराई मधेसको पहिचानलाई अझ उजागर बनाउने भएकोले यो अभियानलाई विश्वव्यापीकरण गरिएको जानकारी दिए।