आर्थिक

पाँच शाखा सहित सन्राइज बैंक १०० भन्दा बढी स्थानहरुमा

काठमाडौं । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ ।
सेवा विस्तार गर्ने क्रममा सोमबार काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर र स्याङजाको वालिङ्गमा शाखा संचालन गरेको छ । सोमबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मनमैजु शाखा संचालक समितिका सदस्यहरु डा. भोगेन्द« गुरागाई र ई. बच्छराज तातेडले उद्घाटन गरे ।
यसै क्रममा कोहलपुर शाखा, कोहलपुर नगरपालिकाका मेयर लुत बहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र वालिङ्ग शाखा वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँड र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले संयुक्त रुपमा गरे । साथै आइतबार, टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका कैलालीमा आफ्नो शाखाहरू बिस्तार गरेको छ । टिकापुर शाखाको उद्घाटन टिकापुर नगरपालिका मेयर तपेन्द्र रावलले, उप–मेयर श्रीमती केशरी विष्ट रावल र बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितीमा गरे । सोहि दिन लम्की चुहा नगरपालिका मेयर श्री महादेव बजगाइ र बैंकका नायव महाप्रबन्धक रविन नेपालले लम्की शाखाको उद्घाटन गरे ।
उक्त शाखारूको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १११ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।