सामाजिक सञ्जाल

देश टुक्राउन खोज्ने जोसुकै भएपनि आँखा फुटाउछौंः अध्यक्ष पौडेल, युवा संघ

काठमाण्डौ । नेकपा को भातृसंस्था युवा संघका अध्यक्ष रमेश पौडेलले देश टुक्राउने षढय्न्त्र भएका आँखा फुटाउन पछि नपर्ने चेतावनी दिएका छन् । अध्यक्ष फौडेलले सामाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस लेख्दै आज कान्तिपुरमा प्रकाशित भएको अज्युत वाग्लेको विचारमा असहमती जनाउदै उनले देश टुक्राउन खोज्ने प्रभु र जोकोही कर्के नजर लगाउनेको आँखा फुटाउने अभिब्यक्ती दिएका हुृन् ।
अध्यक्ष पौडेलले आफ्ना पुर्खाहरु स्वाभिमान र स्वाधीनताका लागी कसैसंग नझुकेका र तिनै वीर पुर्खाका सन्तती आफूहरु भएकोले त्यसमा सचेत रहन आग्रह समेत गरेका छन् । उनको स्टाटस,

‘ईथोयोपियाको संबिधानको धारा३९ (१)ले सबै भूभाग, जनतालाई अलग देश बनाउने अधिकार दिएकोछ भनि लेख्ने अच्युत वाग्ले र छाप्ने कान्तिपुर । खासमा यो लेखको आसय देश फुटाउन पाउनु पर्छ भन्ने हो । तिम्रो आसय हामीले राम्रोसँग बुझेका छौ । हेक्का होस हाम्रो देशमाथि कर्के नजर मात्र लगायौ भने तिम्रा र तिम्रा प्रभुका पनि आँखा फुट्ने छन् । हामी तिनै वीर पुर्खाका सन्तान हौंं – जसले यो देशको स्वाधीनता र स्वाभीमानका लागि कसैसंग झुकेनन् ।’