आर्थिक

एनआई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता महाँसघं बिच बैकिंग सेवा साझेदारी सम्झौता

काठमाडौँ । सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउनेर पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने योजना अनुसार एन आई सिएशिया बैक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ बिच बैकिङ्ख सेवा साझेदारीमा सम्झौता भएको छ ।

यस्तै, सामुदायिकविद्युतउपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि गएको १८ गते आईतवार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एनआई सि एशिया बैंक बिच बैकिंग साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा सामुदायिक विद्युतउपभोक्ता राष्ट्रिय महाँसघं, नेपालको तर्फवाट अध्यक्षश्री नारायण ज्ञवालीज्यू र एनआई सि एशिया बैंकको तर्फवाट बैंकका का.मु प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम एनआई सि एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ्ख स्रोत उपलब्ध गराउने, उद्यमशीलताविकास गर्ने, निम्नआयभएका सीमान्तकृत समुदायमालगानीगर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।

उक्त सम्झौतामार्फत समुदायको बंैकिंग शिक्षा, रोजगारी तथापहुँचमाविकास गर्न र निम्न आयभएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखाकार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३लाख५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको बताइएको छ ।