समाचार

वामपन्थी नेता तुलाधरको अन्त्येष्टि शोभाभगवतीमा, १ बजे शव यात्रा निकालिने

काठमाडौं । वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ ।

काठमाडौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्येष्टि गरिने आफन्तले बताएका छन् ।

मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको आइतबार उपचारकै क्रममा निधन भएको हो । उनको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा.रमेश चोखानी डा.यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका तुलाधर २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उनि मावनअधिकार अभियन्ताका रुपमा चर्चित भएका थिए ।