राजनीति

वामपन्थी नेता तुलाधरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री तुलाधरको निधनमा दुःख व्यक्त गरेका हुन् । “स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारकर्मी तथा वामपन्थी नेता तुलाधरको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व तुलाधरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना हुनुभएका तुलाधरको आज अपराह्न निधन भएको थियो । स्व तुलाधरका श्रीमती दुई छोरी र दुई छोरा हुनुहुन्छ ।