मनोरञ्जन

बूढानीलकण्ठ मन्दिरमा भजन गाउदै राज र अनु

काठमाडौ । बूढानीलकण्ठ मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई भक्तजन माझ पुर्याउने हेतुले बनाइएको भजन ‘हरिहरको स्वरुप’को छायाँकन गरिएको छ । भगवान शिव र बिष्णुको रुप बूढानीलकण्ठको प्रचार प्रसारको लागि बूढानीलकण्ठ मन्दिर परिसरमा भजन निर्माण गरिएको हो ।

बूढानीलकण्ठ नारायणथान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सकुल शाहको शब्द संकलन रहेको भजनमा चन्द्रकान्त पौडेल र कोमल ओलिको स्वर रहेको छ । चन्द्रकान्तको सङ्गीत रहेको भजनमा बूढानीलकण्ठ मन्दिरको उत्पत्ती र यसको महत्वको बर्णन गरिएको छ ।

भजनको भिडियोमा नायक राज तिमल्सिना र नायिका अनु शाहको अभिनय रहेको छ । बूढानीलकण्ठ भगवान प्रति आफ्नो विश्वाश रहेको र मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा आफुलाई निकै खुशी लागेको राजले बताए । ‘एैतिहासिक बुढानिलकण्ठ मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा निकै खुशी लागेको छ’, अनुले भनिन् ।

सकुल शाहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा दीपक छेत्री र शुभास गजुरेलको समेत अभिनय रहेको छ ।

भजन निर्माण बुढानिलकण्ठ नारायणस्थान मन्दिर ब्यवस्थान समितीले गरेको हो । गीतको भिडियोलाई चाडै नै दर्शकरस्रोतामाझ ल्याउने बताइएको छ ।

नेपाल टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम होरा दर्शनका प्रस्तोता गायक तथा सङ्गीतकार पौडेल बिगत एक दशक देखी नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।