आर्थिक

एनआईसीको अर्को दशैं अफर नछुटोस् छुट पाउने मौका

काठमाण्डौ । आदरणीय ग्राहकहरूको चाहनाअनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआई सी एशिया बैंकले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । यसै क्रममा यस बैंकले यस बर्षको शुभ–दिपावलीको उपलक्ष्यमा‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथकुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ ।

ग्राहकहरूलाई ‘नछुटोस् छुट पाउने मौका’भन्ने योजनामा सहभागीभई सामानखरिद गरीसके पछि भुक्तानी गर्दा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QRकोड भुक्तानी गरी ५% वा रु. ५०० सम्मको छुट प्राप्तगर्न हुन अनुरोध गरेको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको सहायकप्रमुखकार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन् ।