राजनीति

समृद्धिका लागि प्रदेशको सहयोग लिइनुपर्ने: नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिए । सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सम्बन्धित कानूनको अभावमा सङ्घ र प्रदेशबीच उचित समन्वय नभएको बताए ।