समाचार

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

काठमाडौँ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए/नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिए ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले संसद्ले विषयगत रुपमा अध्ययन गरी बनाएको कानूनको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा कानून कार्यान्वयनको कमी हुन नहुने बताए । कानूनविद् खिमलाल देवकोटाले विकसित मुलुकमा अध्ययन/अनुसन्धान गरेर मात्र कानून निर्माण गर्ने परिपाटी रहेको उल्लेख गर्दै नेपालका कानूनको प्रभावकारिताबारे अध्ययन गर्न जरुरी भएको बताए । समितिका सभापति पशुराममेघी गुरुङले कानून कार्यान्वनका विषयमा आगामी बैठकमा पनि छलफल जारी रहने बताए ।