आर्थिक

अब एनआईसीको ‘सोच बदलौं … भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’

काठमाण्डौ । आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआईसी एशिया बैंकले नेपालीहरूको चाडपर्व माविभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको सबैलाई अवगत नै छ ।

यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा‘सोच बदलौं … भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको Mo-Bank बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकमप्राप्त गर्न सक्नेछन् । बोनस रकम दक्षिणाप्राप्त गर्ने ग्राहकहरूले प्राप्तगर्न सक्नेछन् ।
ग्राहकलाई ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागीभई Mo-Bank  बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्तगर्न हुन अनुरोध बैंकले गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्याल, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।