पर्यटन/संस्कृति

काठमाण्डौ पर्यो विश्वको बेष्ट पाँचौं स्थानमा, हेर्नुस बिश्वका १० पर्यटकीय गन्तब्य

काठमाण्डौ । विश्वमा घुम्नैपर्ने स्थानहरुको सूचीमा काठमाण्डौलाई समेत पारिएको छ । वल्र्ड इकोनोमिक फोरमले नेपालीको केन्द्रीय राजधानी काठमाण्डौलाई विश्वमा घुम्नैपर्ने १० स्थानमध्ये पाचौं नम्बरमा पारेको छ ।

संसारमा नै काठमाण्डौबारे जानकारी हुनेहरुले एसी सिटीको रुपमा चिन्ने काठमाण्डौ भ्रमण गर्ने पर्यटकहरुको संख्या यस लिष्टले सकारात्मक प्रभाब पार्न सक्ने अनुमान पर्यटनसंग संबन्धित विज्ञहरुले गरेका छन् । उक्त लिष्टको एक नम्बरमा डेनमार्कको राजधानी कोपनहेगनलाई राखिएको छ । दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोभिसद, चौथोमा अमेरिकाको मियामी र पाँचौमा पर्न सफल भएको छ नेपालको काठमाण्डौ ।

त्यसैगरी छैटौ र आठौं स्थानमा क्रमसः अमेरिकाको मोरक्को र तिटल परेका छन् । सातौं, नवौ र दशौंमा भने सिनेगलको डाकर, क्रोएसियाको जदार र मोरोक्कोको मेक्जेस रहेका छन् ।

पशुपतिनाथ, बौद्धनाथ, दक्षीणकाली, मैतीदेबी, शोभाभगवती, पाटनको कृष्ण मन्दीर, स्वयम्भू, गोकर्णेश्वर लगायतका प्रशिद्ध तीर्थ स्थल रहेको काठमाण्डौ मनदीर नै मन्दीरले भरिएको शहरको रुपमा समेत चिन्ने गन्छि ।