पत्रपत्रिका

अर्घाखाँचीमा उच्छृङ्खल गतिविधि गर्ने पर्यटककाे समूह खेदिए

अर्घाखाँची । खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्लाबाहिर पठाएको छ ।

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरू आपसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको पाएपछि प्रहरीलाई खबर गरेको बताए ।

घुम्ने नाममा कोही ठाडाको चाक्ला त कोही दाङको भालुबाङबाट सिद्धारा आएका थिए । स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरू त्यहाँ बसेका थिए । रेन्बो ग्रुपमार्फत ती विदेशी शीतगंगा आएका थिए ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले विदेशी सबैलाई नियन्त्रणमा लिई सम्झाइबुझाइ जिल्लाबाहिर पठाएको बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।