खेलकुद

प्रशिक्षक बर्खास्त गरेपछि रियल मड्रिड दोस्रो जित

काठमाडौँ । रियल मड्रिडले प्रशिक्षक बर्खास्त गरेपछि लगातार दोस्रो जित निकालेको छ ।

मड्रिडले रियाल भालाडोलिडलाई दुई शुन्यले हरायो । प्रशिक्षक बर्खास्त गरेपछि दोस्रो पटक मैदानमा उत्रिएको रियालले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

तर दोस्रो हाफमा उसले भालाडोलिडलाई पुरै दबावमा राख्दै दुई गोल गर्‍याे । ८३ औं मिनेटमा भिनिसियस जुनीयरले गोल गरे भने ८८ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरे ।