राजनीति

जनतालाई सुरक्षा दिन नसक्ने प्रधानमन्त्री ओलीले एकमिनट पनि सत्तामा बस्नुहुन्न: डा कोईराला

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभाबशाली नेता डा शेखर कोईरालाले सर्लाहीको रामनगरमा मारिएका रामबिलास महत्तोको हत्यारा नपक्रेसम्म उनको शव नउठ्ने बताएका छन्। राज्य नै दोषीलाई उन्मुक्ती दिन लागेको बताउँदै डा कोईरालाले भने कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाईदैन। घटना घटेको यतिका दिन भैसक्दा पनि दोषी पक्रन नसक्ने र नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन।
डिएलएको प्रदेस नं(१ को भेलालाई उद्घाटन समारोहलाई बिराटनगरमा संबोधन गर्दै डा कोईरालाले न्यायलयमा दलीय छायॉ परिसकेको बताए। त्यसैका कारण पछिल्ला दिनहरुमा न्यायपालिका प्रती जनताको बिस्वास घट्दै गएको पनि बताए ।

डा. कोईरालाको आशय कि त जनतालाई सुरक्षाको प्रत्याूति दिनुपर्यो कि त राजीनामा दिनुपर्ने भन्ने हो ।