साहित्य

कल्पनाको कविता संग्रह विमोचन र अनुश्रीको केक

काठमाण्डौ । कवि कल्पना काफ्लेले आफ्नो कविता संग्रह भाव सरोबर काठमाण्डौको डिल्लीरमण पुस्तकालयमा शनिबार एक भब्य समारोहकाबीच लोकार्पण गरेकी छन् ।

३३ वटा पद्य कवितासहितको संग्रह बिमोेचनमा कवि काफ्लेले प्रमूख अतिथीको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरे, बिशेष अतिथीहरू डा रामप्रसाद ज्ञवाली, डा खगेन्द्रप्रसाद लुईंटेल, डा कोषराज न्यौपाने, डा प्रभा भट्टराई, भुवनहरी सिग्देल, डा भागवत आचार्य, काफ्लेका श्रीमान कृष्ण प्रसाद आचार्य, विवस पोख्रेस लगायत बिशिष्ट ब्यक्तीहरुबाट बाट संयुक्त रूपमा कृति लोकार्पण भएको हो ।

कवि विवश पोखरेलको अध्यक्षतामा भएको लोकार्पण समारोहमा प्रतिष्ठानका महासचिव कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राखेका थिए । उनले मन्तव्यका क्रममा प्रतिष्ठानले यस अघि ७५ कृति प्रकाशन गरिसकेको र १० कृति प्रकाशोन्मुख रहेको जानकारी दिए । प्रतिष्ठानले साहित्य सेवामा निरन्तर लाग्ने स्रष्टालाई पुरस्कार तथा सम्मान पनि गर्दै आएको बताउँदै कल्पना काफ्लेको पद्य कवितासंग्रह प्रकाशन गर्न पाउँदा संस्था स्वयम गौरवान्वित भएको बताए ।

डा भागवत आचार्यले भाव सरोवरकी स्रस्टा कल्पना काफ्लेको व्यक्तित्वमाथि चर्चा गरे । साहित्यकार भुवनहरी सिग्देल, प्राज्ञ प्रभा भट्टराईले कल्पना काफ्लेले शाहीत्य क्षेत्रमा एउटा आयाम ल्याउ सक्ने सम्भाबना भएकी सर्जक भएको बताए। समालोचक डा रामप्रसाद ज्ञवालीले पनि प्रारम्भमै यतिका सिर्जना लिएर आउनु निक्कै चुनौतीपूर्ण रहेको बताए । उनले कवि काफ्लेलाई विचार र कला पक्षमा थप जोड दिन पनि सुझाए ।

बिशेष अतिथि कोषराज न्यौपानेले छन्दका कविताहरू लेख्दा बिशेष ध्यान दिनुपर्ने बताए । उत्कृष्ट कविता लेख्न लामो तपस्या गर्नुपर्ने भन्दै उनले काफ्लेको आगामी यात्रा सुखद होस् भन्ने कामना गरे ।

शुभकामना मन्तव्यका क्रममा प्राडा खगेन्द्रप्रसाद लुईटेल, डा विष्णुविभु घिमिरेले पनि कवि कल्पना काफ्लेको सुखद कविता यात्राको कामना गरे । कविता लेखनका बिभिन्न पाटापक्षमा व्यापक बहस भएको लोकार्पण समारोहमा अनुश्री आचार्य, डा प्रभा भट्टराई, मोदनाथ आचार्यले कल्पना काफ्लेको कवितासंग्रह भाव सरोवरबाट एक(एक कविता वाचन गरेका थिए । कृतिकार स्वयमले ‘माटो हराएपछी’ शिर्षकको कविता वाचन गरिन् ।

कल्पना काफ्ले र कृष्ण आचार्य दम्पतीकी सुपुत्री अनुश्री आचार्यको जन्मदिनको अवसर पारेर कल्पनाको कविता कृति भाव सरोवर सार्वजनिक गरिएको हो, शनिबार नै ाचार्य दम्पतीकी छोरी अनुश्रीको जन्मदिन समेत केक काटेर भब्य रुपमा मनाईएको थियो । पुस्तकालयमा खचाखच भरिएको दर्शकको भीडले दम्पतीकी एकमात्र शुपुत्री अनुश्रीलाई केक काटेर जन्मदिनको शुभकामना समेत दिएका थिए ।