बाग्मती

प्रहरीद्वारा अबैध घरेलु मदिरा बरामद, स्थानीय र जनप्रतिनिधिको रोहबरमा नष्ट

काठमाडौँ । काठमाडौ प्रहरीले शुक्रवार साझ हजार लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

काठमाडौ महानगरपालिका ६ र गोकर्णेश्वर नगरपालिका ६ स्थित आन्तिरक राज्वश कार्यालय चावहिल र महानगरिय प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रको कमाण्डमा खटिएको प्रहरी टोलीले १४ स्थानबाट मदिरा बरामद गरेको हो ।

बरामद गरिएको मधिरा स्थानीय र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ । घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पर्दाथ विभिन्न सामग्रीहरु समेत बरामद गरेको प्रहरीले बताएको छ ।