राजनीति

निर्मलालाई समेत न्याय दिन नसक्ने ओली सरकार पूर्ण रुपमा असफलः डा. भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी १३ बषीया बालीका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई समेत छानबिन गरी कारबाही गर्न नसकेकोले ओली सरकार असफल भएको प्रमाणीत भएको आरोपमा सडक आन्दोलन गर्ने बताएका छन् ।

नयाँशक्ती पार्टीले ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा झन बढेको भन्दै तत्काल राष्ट्रपतिय प्रणालीमा मुलुकलाई लान संबिधान संसोधन गर्न सरकारसंग माग गर्दै बुढीगण्डकी आयोजना नेपालमा नै निर्माण गर्नुपर्ने माग समेत राखेको छ ।

माघ १५ देखी फाल्गुण १५ सम्म एक महिना जनजागरण अभियान संचालन गर्ने नयाँशक्तीको निर्णयसंगै राज्य पुनसंरचना शुक्रबारदेखी निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरी कारबाही गर्न दबाब स्वरुप माईतीघरबाट बिरोध जुलुस समेत निकालेका छ ।

ओली सरकार पूर्ण रुपमा असफल भएको निस्कर्ष नयाँशक्ती पार्टीको केन्द्रीय कार्यालय बबररमहलमा बसेको बैठकले निकालेको समेत डा. भट्टराईले पत्रकारहरुलाई जानकारी दिए ।

डा. भट्टराईले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पाटीले दशैं तिहार र छठ पर्वको उपलक्षमा राखिएको चियापान कार्यक्रम बहिस्कार गरेका थिए ।