समाचार

छातीमा समस्या भएपछि ऊर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौँ । छातिमा समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका छन्।

गएराती ८ बजे मन्त्री पुनले छाती दुख्यो भनेपछि नर्भिक अस्पताल लगिएको हो। पुनको अबस्था सामान्य रहेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।

‘एक्कासी छाति दुखाइको समस्या भएपछि उहाँलाई नर्भिकमा भर्ना गरिएको हो। आत्तिनुपर्ने अबस्था केही छैन। सामान्य अबस्था छ,’ खड्काले भने, ‘डाक्टरले अब्जरभेसनमा राखेका छन्।’

नर्भिक अस्पतालको रुम नम्बर ५१० मा मन्त्री पुनको उपचार भैरहेको छ। उनलाई अझै केही समय अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाह छ।

तर, मन्त्री पुनलाई भने नर्भिकबाट थप उपचारका लागि भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्ताल लैजाने तयारी गरिएको छ। केही समयपछि मन्त्री पुनलाई मेडिसिटी लैजाने खड्काले बताए।

यसअघि जण्डिस बिगि्रएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।