अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प चीनीयाँ समकक्षी सीबीच व्यापार विवाद अन्त्य गर्न यस्तो भयो वार्ता

वासिङटन । अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ ।  लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।
“राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी ग¥यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,” ट्रम्पले ट्विट गरेका छन् ।
उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताए ।
जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टीनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ ।